मकाउ पठाइदिने भन्दै साढे ६ लाख लिएर भागेपछि...

काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितलाई जितबहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया