बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

गोदावरी नगरपालिकामा योग्यतै नपुगेका व्यक्ति अधिकृत

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले गोदवारी नगरपालिकाले शैक्षिक योग्यता नभएका व्यक्तिलाई कानुनविपरीत बढुवा गरेको औंल्याएको छ । केन्द्रले संविधानविपरीत निर्णय गरेकाले त्यसलाई आवश्यक कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । 

ललितपुरको गोदावरी नगरपालिकाले २०७६ फागुन २ गते नगरसभा राखी ‘गोदावरी नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन, २०७६’ स्वीकृत गरेको थियो । उक्त कानुनबमोजिम नगरपालिकाले शैक्षिक योग्यता नै नभएका व्यक्तिलाई अधिकृत तहमा स्तर वृद्धि बढुवा गरेको थियो । त्यसउपर केन्द्रमा गत माघ १५ गते उजुरी परेको थियो । उक्त उजूरी उपरकारबाही गर्दै केन्द्रले संविधान विपरीत भएको उल्लेख गर्दै कानुन सम्मत छ भन्ने अवस्थामा नपुगेको केन्द्रको निर्णयबाट देखिन्छ ।

नेपालको संविधान २०७२ को धारा २२६(१) मा ‘गाउँ सभा र नगरसभाले अनुसूची ८ र अनुसूची ९ बमोजिको सूचीमा उल्लिखित विषयमा आवश्यक कानुन बनाउन सक्नेछ’ भन्ने उल्लेख छ । सोही धाराको उपधारा २ मा ‘उपधारा १ बमोजिमा कानुन बनाउने प्रक्रिया प्रदेश कानुन बमोजिम हुनेछ’ भन्ने उल्लेख छ । तर कुनै प्रदेश सभाले यससम्बन्धी कुनै कानुन नै नबनाएकाले नगरपालिकाले कानुनी प्रक्रियै पूरा नगरी ऐन ल्याएको केन्द्रको ठहर छ ।

संघीय निजामती ऐन संसदमा विचाराधीन छ । निजामती ऐन लागू भएपछि प्रदेशका हकमा प्रदेशले आफ्नो कानुन आफैले बनाउन सक्छ । तर प्रदेशले कानुन नबनएको अवस्थामा नगरपालिकाले बनाएको कानुन संविधानविपरीत हुन पुगेको हो । केन्द्रले देशभरका ७५३ वट स्थानीय तहहरुमा संवैधानिक प्रावधानको अधीनमा रही एकरुपमता काम गर्न नीति व्यवस्थ मिलाउन सामान्यलाई निर्देशन दिएको हो । 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे