रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै

काठमाडौँ–स्मार्टफोन ब्रान्ड रियलमीले बहु–प्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जीको डिजाइन गरिएको हो ।
उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामराले आखाँलाई लोभ्याउँछ । फेसनको लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिन वास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्व गर्दछ । यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् । उनले भने “मेरो हृदयमा मिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ । रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयी आकर्षणलाई कैद गर्न खोजेको थिँए । यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मिहिनतालाई प्रतिनिधित्व गर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ ।”
१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया