लाकोजूकाे 'घाम फुल्ने याम' सार्वजनिक

काभ्रे : साहित्यकार सूर्यप्रसाद लाकोजूकाे 'घाम फुल्ने याम' कवितासंग्रह प्रकाशन भएको छ । काेभिड-१९ महामारीकाे कारण भर्चुअल माध्यमबाटै कृतिकाे सार्वजनिक गरिएको लाकाेजूले जनाएका छन् । गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजूको यस कवितासंग्रहमा ५८ ओटा कविता छन् ।
साहित्य सिर्जना मात्र होइन अनुसन्धान तथा साहित्यिक पत्रकारितामा सक्रिय लाकाेजू पछिल्लो समयमा कविता लेखनमा केन्द्रित छन् । उनका कवितामा देशभक्ति, राजनैतिक विकृति, मानविय प्रवृत्ति, मायाप्रेम तथा समसामयिक विषयवस्तु समेटिएकाे पाइन्छ।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका 'भावनाका फूलहरू', 'फूलहरुको मेला', 'पर्श', 'मेरो मन मेरो मीत', 'पनौती', 'पनौतीको बाह्वर्षे मकरमेला', 'स्मृतिका आलेखहरु प्रेरणाको चौतारी', 'गुराँस फुल्ने मन', 'कोपिला', 'केही काभ्रेली अक्षरकर्मीहरु', 'घामको चुम्वन', 'अक्षरका स्वरहरु', 'सुसेली' , 'यःमरी', 'घाम उदायो', 'शाश्वत स्वरहरू', 'मेरो घाम', 'फूलैफूल', 'साथी', 'मेरो सानो घर', 'आसामको स्पर्श', 'दिवाकरका चुम्वन' गरी करीब दुई दर्जन कृतिहरू प्रकाशित छन् ।

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

प्रतिक्रिया