संविधान र कानुनको प्रतिकूल हुने गरी विज्ञापन गर्न पाइँदैन : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनको प्रतिकूल हुने गरी कुनै पनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छिन् । बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानुनले गरेको व्यवस्थाको प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइने बताएकी हुन् ।
उनले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको जिकिर गरिन् । उनले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् । यद्यपि यस सम्बन्धमा कानुनी व्यवस्था भए पनि कानुनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाइ छ ।
उनले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरूले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि कानुन बनाइने बताइन् ।

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया