स्याङ्जाका कांग्रेस नेता मल्लको कोभिड संक्रमणबाट निधन

काठमाडौँ : नेपाली कांग्रेस स्याङ्जाका नेता गजिन्द्र प्रकाश मल्लको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्य मल्ल महासमिति सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लका पिता हुन् । मंगलबार निधन भएका मल्ल कांग्रेसको जेष्ठ नागरिक सभाका सदस्य थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् ।
'नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं मेरा मित्र गजिन्द्र प्रकाश मल्लको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय मल्लले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,' देउवाद्वारा जारी शोक सन्देशमा उल्लेख रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया