गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।
बाँकी मन्त्री भने अहिलेलाई विना विभागीय मन्त्री तोकिएको र उनीहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया