तामागढी-सिम्रौनगढ सडकको मुआब्जा वितरण गर्न १० करोड ३० लाख विनियोजन

बारा - बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम विनियोजन गरेको हो । सांसद मैनालीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगञ्जमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको छ ।
हुलाकी मार्गअन्तर्गत आयोजनाले अधिग्रहण गरेको जमिनको मुआब्जा लामो समयदेखि जग्गाधनीले नपाएको भन्दै मैनालीले प्रतिनिधि सभा बैठकमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत पीडितले पाउनुपर्ने मुआब्जाको विषयमा प्रश्न गरेका थिए ।
त्यसैगरी २०८०/८१ को बजेट निर्माणको क्रममा समेत सांसद मैनालीले मुआब्जा वितरणको लागि बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पत्राचार गरेका थिए ।

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

प्रतिक्रिया