सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

धनगढी : सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताहरूले सहयोग गरेका तीन गरि ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप सहजता हुने सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रादेशिक अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । तर, क्षमताअनुसार अक्सिजन उत्पादन नहुँदा अभाव हुँदै आएको थियो । सामाजिक विकास मन्त्रालयको समन्वयमा ह्युमानिटी फाण्डेसन नेपालले सेती अस्पतालमै अर्को अक्सिजन प्लान्ट जडानसमेत सुरु गरेको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया