ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्छ : प्रेम आले

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा धेरै व्यक्तिहरूको नाम आएकाले निष्पक्ष छानबिन गरी दोषी भए कारबाही गर्नुपर्ने उनले बताए ।
उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिला सुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए ।
पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पति दोहन नहोस् भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया