शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

चट्याङ् लागेर किसानको मृत्यु

फाइल फोटो

सप्तरी - विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।

घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
रासस