ढकाल र खड्काले पाए दर्ज्यानी चिन्ह

काठमाडौं : उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्काले दर्ज्यानी चिन्ह पाएका छन् । उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । ढकाल र खड्का बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट उपरथीमा पदोन्नति भएका हुन् ।
ढकाल र खड्काको पदस्थापन पनि भएको छ । ढकाललाई पूर्वी पृतना हेडक्वाटरको पृतनापति र खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको सैनिक मुख्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा-सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया