सडक विस्तारमा अवरोध नपुर्याउन आग्रह

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्याउन आग्रह गरेकी छिन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक विस्तार गर्न लागिएको छ ।
सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् । 'सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ,' उनले भनिन्, 'सडकका कारण हामीले गरेका राम्रा काम छायाँमा परेको अवस्था छ ।'
उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक विस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया