एनआरएन अस्ट्रेलिया निर्वाचन : विनोद कुँवरको टिममा को-को अटाए ?

काठमाडौँ- एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको दाबेदारहरू पनि बढ्दै गएका छन् ।
युवा अभियन्ता इन्जिनियर विनोद कुँवरले एनएसडब्लु राज्य अर्थात सिड्नीको संयोजक पदका लागि आफ्नो टिमको घोषणा गरेका छन् ।
त्यस्तै उपसंयोजकमा पर्यटकीय नगरी न्युक्यासलबाट अमर रसाइलीले उम्मेदवारी दिने भएका छन् ।
सचिवमा युवा अभियन्ता कल्याण खड्का, सह सचिवमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन कुँवरको टिममा अटाएका छन् । त्यस्तै महिला संयोजकमा सुजना श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।
त्यस्तै एनसिसी सदस्यका लागि तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ, विमल कँडेल, रोशन भट्टराई, प्रकाश पाण्डे टिममा अटाएका छन् ।
त्यसैगरी एससिसी उम्मेदवारका रूपमा वीरेन्द्र क्षेत्री, प्रमोद न्यौपाने, विशाल वन, केपी सेढाइँ, ब्रसीस सुवाल, बाबुराज कडारिया, पुजा प्रधानलगायत छन् ।
त्यस्तै एनआरएन अस्ट्रेलियाको अध्यक्षका लागि अनिल पोखरलले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अस्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम , सह कोषाध्यक्षमा रोजी पन्त तथा युवा संयोजकमा सुमन बोहोराको नाम सार्वजनिक गरिएको छ ।
त्यस्तै आइसिसीमा डिल्ली ढकाल र रमेश अधिकारीले आइसिसी सदस्यको पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।
कुँवर यसअघि एनआरएन एनएसडब्लुका सचिव थिए ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया