२४ घण्टामा थपिए १९४५ संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा एक हजार ९ सय ४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा २२ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै एक लाख ९१ हजार २ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या सात सय ५३ जना रहेको मन्त्रायले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया