प्रतिनिधिसभा भोलिसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक सरेको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबारसम्मका लागि सरेको जानकारी दिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न दिने भएको छ । आफ्नो विवादित अभिव्यक्तिउपर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएपछि एमालेले संसद् चल्न दिने भएको हो । तर, प्रधानमन्त्रीले आत्मालोचनासहित सदनलाई आश्वास्त नपारे संसद् चल्न नदिने एमालेकाे अडान भने कायमै छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच बैठक बसेको थियो । उक्त बैठकबाट निकास निस्किएको हो ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएको थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको छ ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।
एमालेले आज पनि अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया