बागमतीको कृषि तथा पशुपंक्षि मन्त्रालय घेर्दै किसानहरूले भने- 'ज्यानमारा सरकार मुर्दावाद, कृषिमन्त्री राजीनामा दे'

मकवानपुर- बागमती प्रदेशको कृषि तथा पशुपंक्षि मन्त्रालय किसानले घेरेका छन् । बागमती प्रदेश सरकारले दोहोरो अनुदान हुने भन्दै भरतपुर सहितका चितवनको राप्ती, खैरहनी र माडी नगरपालिकाका किसानले स्थानीय तहलाई प्रदेशको प्रतिलिटर दुधको अनुदान रोकेपछि किसानहरूले प्रदेशको मन्त्रालय घेरेका हुन् ।
व्यापारीले भारत बाट दुग्ध ल्याएपछि केही दिन यता चितवनको दुधले बजार नपाएको किसान किशोर बगालेले बताए। पशु बीमाको रकम समेत किसानले नपाएको बगालेले बताए । पीडित किसानहरूले कृषि मन्त्रीको राजिनामा मागेका छन् ।
चितवनमा मात्रै ६० वटा संस्थामा आबद्ध किसान मर्कामा परेको भन्दै किसानले यसअघि पनि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा गुनासोपत्र पेस गरेका थिए भने मुख्यमन्त्रीसहितलाई ध्यानाकर्षण गराएका थिए । यसको सुनुवाई नभएको उनीहरूको भनाई छ । किसानहरुले 'ज्यानमारा सरकार मुर्दावाद, कृषि मन्त्री राजीनामा दे' भन्दै राजीनामा मागेका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया