सभामुख घिमिरेसँग कतारका राजदूतको बिदाई भेट

काठमाडौँ- सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार बिदाई भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका राजदूत अल–हेलले सभामुख घिमिरेसँग बिदाई भेट गरेका हुन् । सो क्रममा सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गरेका छन् ।
उनले कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेको बताउँदै उनीहरूको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गरे । ‘हामीबीच राजनीतिक, सांस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहि आएको छ,’ सभामुखले भने, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।’
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानी लगायत कृषिजन्य सामग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गरे ।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिए । उनले न्यूनतम तलब ४०० डलर पुर्याएको, कतारमा चारवटा अस्पतालमा श्रमिकको निःशुल्क उपचार व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाएको र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी गराए ।
राजदूत युसुफले कतारले इटली एयरलाइन्स लगायतका विश्वका धेरै एयरलाइन्स कम्पनीमा लगानी गरेको बताउँदै नेपाल एयरलाइन्ससँग पनि साझेदारी गर्ने इच्छा प्रकट गरेको जानकारी दिए । ‘हामी सकारात्मक जवाफको प्रतिक्षमा छौं,’ उनले भने, ‘यही विषयमा छलफल गर्न नेपालका पर्यटन मन्त्रीलाई निम्तो दिइसकेका छौं ।’

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया