अखाद्य सामग्री बिक्री गरेपछि एक लाख ५० हजार रुपैयाँ जरिवाना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा कीरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाही स्वरूप जरिवाना तिराएको बताइएको छ ।
कारबाही स्वरूपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैंक भाउचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ ।
तोकिएको समयभित्र जरिवाना स्वरूपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ । रासस

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्राफिक र नेपाल प्रहरीलाई निर्देशन दिन महानिरीक्षक…

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी शंखमूलमा उद्घाटन

चितवनमा लोड्सेडिङ सुरु भएको भन्नेमा सत्यता छैनः शाक्य

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया