मेयरमाथि फिल्म बनाउने प्रतिस्पर्धा, राजु गिरीपछि दीपेन्द्र के खनाल पनि मेयरमाथि फिल्म बनाउँदै

काठमाडौँ - चल्तीको विषयले नेपाली चलचित्रकर्मीलाई आकर्षित गरिहाल्छ । नेपालमा अहिले गत वर्षयता निरन्तर नेपालका दुई मेयर चर्चामा छन्, बालेन शाह र हर्क साम्पाङ । दुवैको काम गर्ने शैलीमा आकाश जमिनको फरक छ तर समानता चाहिँ के छ भने दुवैले स्वतन्त्र मेयर हुन् । कुनै पार्टीको उम्मेदवार नभई जनताले पत्याएका ।
निर्वाचित भएपछि दुवै मेयर हरेक दिन राम्रो नराम्रो जेसुकै खबरले होस् निरन्तर चर्चामा छन् । चलचित्रकर्मी मेयरको यही क्रेज पर्दामा उतार्ने दौडमा सामिल भएका छन् ।
यसमा पहिलो भएका थिए निर्देशक राजु गिरी । उनले अघिल्लो हप्ता नै सामाजिक सञ्जालमा मेयरको जीवनशैलीलाई पर्दामा उतार्ने गरी ‘मेयरसाब’ शीर्षकको फिल्म बनाउन लागेको घोषणा गरे । उनले बनाउने मेयरसाब कुन मेयरबाट प्रभावित हो थाहा छैन तर उनले सुटिङ तयारी गर्न थालेको जनाएका छन् ।
यता यही विषयमा दीपेन्द्र खनालले पनि फिल्म बनाउने भएका छन् । उनले पनि असार १० गते ‘मेयर’ शीर्षकको टाइटल दर्ता गरेका छन् । ‘भष्मेडन’पछि उनले यही फिल्मको सुटिङ गर्ने गाइँगुइँ छ । उनले मेयरको शीर्ष भूमिका चाहिँ कसलाई गराउने भन्ने बुझिरहेको पनि चर्चा छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया