संसद् खुलाउने विषयमा ओलीले भने : पार्लियामेन्टमा थाहा हुन्छ

काठमाडौँ– संसद् अवरोध हटाउने विषयमा तीन नेताबीचको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बसेको बैठक सकिएको हो ।
बैठकको निष्कर्षबारे पत्रकारहरूले गरेको प्रश्नमा ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भन्दै प्रतिक्रिया दिएका छन् ।
संसद् खुलाउने विषयमा आइतबार पनि प्रधानमन्त्रीसहित तीन शीर्ष नेताले छलफल गरेका थिए । बैठकबाट सहमति पनि जुटेको थियो । तर, पछि प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि सहमति भंग भएको थियो ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको छ ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।
आज प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया