संसद् सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद् सुचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।
सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै तिमिल्सिनाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने धारणा राखेका हुन् । अध्यक्ष तिमिल्सिनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान आफूले निर्देशन दिइरहेको पनि स्मरण गराए ।
संसद् गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उनले उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले अमूर्त ढंगले नभई समाधानमुखी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । सदनमा प्रतिपक्षीले माग गर्ने र सरकारले त्यसको उचित सम्बोधन गर्ने पद्धति रहेकाले अध्यक्षको हैसियतले आफूले दुवै पक्षलाई यो वा त्यो गलत भन्ने अवस्था नरहेकाले संवाद गर्न सुझाएको पनि उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले संसदमा सरकार र राजनीतिक दलहरूलाई उत्तरदायी बनाउने आफूले प्रयास गरिरहेको पनि बताए । उनले आर्थिक विधेयकलाई पारित गराएर अघि बढ्न पनि संसद सुचारु गराउने विषयमा सरकार र दलहरू गम्भीर बन्नुपर्ने स्पष्ट पारे ।
गत असार १८ गते भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया