‘दान्भी’को गीतमा रोमान्टिक कुन्साङ र पूजा

काठमाडौँ- एक साता अगाडिदेखि छायांकन सुरु भएको फिल्म ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा फिल्मका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।
हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो हेर्दा निर्माणपक्षले उत्कृष्ट बनाउनका लागि खुबै मिहिनेत गरेको देखिन्छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।
फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ । नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया