१२ वर्षीया बालिका बलात्कृत, ३ महिनाको गर्भ रहेको खुलेपछि बाहिरियो घटना

जनकपुरधाम- धनुषामा एक १२ वर्षीया बालिकाको बारीमा गएका बेला बलात्कार भएको घटना बाहिरिएको छ ।
गत वैशाख १७ गते जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१ मुसरिटोलस्थित आफ्नै बारीमा गएकी स्थानीय बालिकालाई सोही ठाउँ बस्ने ३२ वर्षीय महेश साहले मुख बाँधेर बलात्कार गरेको घटना बालिकाको पेटमा ३ महिनाको गर्भ रहेपछि बाहिरिएको छ ।
बालिकाको पेटमा ३ महिनाको बच्चा हुँदा घटना बाहिरिएपछि आरोपित युवक फरार भएका छन् । आफ्नै बारीबाट आउँदै गरेका बेला बालिकालाई महेशले जबर्जस्ती मुख छोपेर बलात्कार गरेको पीडित पक्षले प्रहरी समक्ष दिएको जाहेरीमा भनिएको छ । महेशले घटनाबारे कसैलाई बताए घरपरिवारसहित सबैलाई ज्यान मार्ने धम्की दिएपछि अहिलेसम्म कसैलाई नभनेको पीडित बालिकाले बताएकी छिन् ।
पीडित पक्षले घटनाबारे इलाका प्रहरी कार्यालय सबैलालाई जानकारी गराउँदै मद्दत नगरेको आरोप लगाएका छन् । फरार रहेका साहलाई पक्राउ गर्न सबैला प्रहरीलाई निरन्तर पीडितले सम्पर्क गरे पनि राजनीतिक दबाबमा उनलाई पक्राउ नगरिएको पीडित परिवारको गुनासो छ । इलाका प्रहरी कार्यालय सबैलामा ती युवकमाथि जबर्जस्ती करणीको जाहेरी दिए पनि कुनै चासो नलिइएको गुनासो पीडित पक्षको रहेको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अनुसन्धान भइरहेको बताउँदै पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएका छन् । इन्स्पेक्टर देवकोटाले फरार युवकको खोजबिन जारी रहेको समेत बताए ।
यता, घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अनुसन्धान थालिएको र फरार युवकलाई पक्राउ गर्न प्रहरी खटाएर खोजी कार्य तीव्र पारिएको जनाएको छ । बालिकाको पेटमा रहेको बच्चालाई इलाका प्रहरी कार्यालय सबैलाको रोहबरमा गर्भपतन गराइएको पीडित परिवारको भनाइ छ ।

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

प्रतिक्रिया