मपान्जु एउटै क्लबबाट इंग्लिस फुटबलको शीर्ष पाँच डिभिजन खेल्ने पहिलो खेलाडी

काठमाडौँ- इंग्लिस क्लब लुटन टाउन एफसीका पेली रुडाँक मपान्जु एउटै क्लबबाट इंग्लिस फुटबलको शीर्ष पाँच डिभिजन खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।
२९ वर्षीय मिडफिल्डर मपान्जुले लुटनलाई इंग्लिस फुटबलको पाचौँ डिभिजन (कन्फरेन्स प्रिमियर) बाट इंग्लिस प्रिमियर लिग पुर्याउन मदत गरेका थिए ।
वेम्बली स्टेडियममा च्याम्पियनसिप प्लेअफको फाइनलमा कभेन्ट्री सिटीलाई पेनाल्टीमा हराएपछि लुटन टाउनले पहिलो पटक प्रिमियर लिग खेल्न लागेको हो । ३१ वर्षको अनुपस्थितिपछि लुटन इंग्ल्यान्डको शीर्ष डिभिजनमा फर्किएको हो ।
कंगोको राष्ट्रिय टिमबाट खेल्ने गरेका मपान्जुले लुटनसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेसँगै प्रिमियर लिगमा पहिलो खेल खेल्दा उनी एउटै क्लबबाट इंग्लिस फुटबलको शीर्ष पाँच डिभिजनमा खेल्ने पहिलो व्यक्ति बन्ने छन् ।
मपान्जुले लुटनबाट लगातार एघारौँ सिजन फुटबल खेल्न लागेका हुन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया