सस्तो लोकप्रियता कमाउन मास्क र अक्सिजन बाेकेर गाउँगाउँमा
'निजी खर्चमा सहयोग गर्नेलाई अवरोध नगर्ने'

काठमाडौँ : मुलुकमा पहिलो चरणको कोभिड संक्रमित देखिँदा धेरै मानिसले लङमार्चमा निस्केका पैदलयात्रीलाई मास्कदेखि स्यानीटाइजर बाँडेका थिए । बाटामा जानेलाई जुतादेखि खाना बाँडे । यसपटक भने बाड्ने काममा परिर्वतन भएको छ । किनभने यसपटक जटिल खालको कोभिडको भाइरस देखिएको छ ।
गत वर्षको लकडाउनमा घर जान नपाएकाहरू हप्तौ लगाएर काठमाडौँबाट र विभिन्न जिल्लामा भएका मानिसहरू घर पुगेका थिए । पैदल गएका यात्रीलाई स्थानीय तहका प्रमुख र प्रदेशसभाका सांसदले घरसम्म पुर्याए ।
यसपटकको निषेधामा गत वर्षको जस्तो नियती यात्रुले भोग्न परेन किनभने घर जान चाहनेका लागि विभिन्न जिल्लाका जिल्ला प्रशासनले दुई दिनको समय दिएर मात्र निषेधाज्ञा लगाएको थियो ।
सबै यात्रुहरू सवारी साधनबाट घर सहजै पुगे र केही भने पछिल्लो समय रात्रीकालीन बसबाट पनि घर पुगे । कोभिडको संख्या दिनप्रतिदिन बढेकाले सबैल गाउँमै सुरक्षित हुने आशामा जन्मथलो लागे ।
तर यसटक भने बाटोमा त्यस्तो माहोल देखिएनन् । किनभने सबैजना गाडीमा गएका थिए । सर्वसाधारणका ठाउँमा यो पटक जनप्रतिनिधिले महामारीमा उदारता देखाइ निर्वाचना मत पाउँने आशा राखी मुख छोप्ने मास्कदेखि प्राणवायु बाँडन थालेका छन् ।
पहिलो चरणमा देखिएको भन्दा दोस्रो चरणमा देखा परेको कोभिड जटिल खालको र संक्रमित तीव्र रुपमा फैलिएका र मृत्युदरको संख्या पनि बढिरहेको छ । अस्पतालमा भर्ना भएकालाई अक्सिजन दिनुपर्ने र अस्पतालको बसाइ बढेको छ । संक्रमितका लागि अक्सिजनको माग बढ्यो र बजारमा सिलिन्डरको अभाव भयो । अक्सिजनको मागबढे पछि चीन र ओमनबाट अक्सिजनको सिलिन्डर ल्याइएको छ ।
गाउँ-गाउँमा संक्रमितको संख्या बढ्न थालेपछि राजनीतिक दलका प्रतिनिधिले काठमाडौँदेखि स्वास्थ्य सामग्री अभाव भएपछि स्वास्थ्य सामग्री पठाउन थालेका छन् । नेताले तथा सांसदले आफ्ना जिल्लाका निर्वाचन क्षेत्रमा मास्क, सिलिन्डर र स्यानीटाइजर जस्ता अन्य स्वास्थ्य सामग्री पठाउन थालेका छन् ।
सोमबार ताप्लेजुङको १ नम्बर निर्वाचित क्षेत्रका सांसद योगेश भट्टराईको संयोजकमा अक्सिजन कन्सर्नट्रेटर ७ थान, चार सय थान एन्टिजेन्ट किट, एन ९५ माक्स सय, सय थान पीपीई र सर्जिकल माक्स लगायतका स्वास्थ्य सामग्री पठएका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मी, औषधि र कोरोना परीक्षण गर्ने किट बोकेर आफ्नो निर्वाचन क्षेत्र गएका छन् ।
एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुरले बेलझुन्डीस्थित प्रदेश कोरोना अस्पताललाई काठमाडौँबाट लगेर २० थान अक्सिजन सिलिन्डर, तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुई सय थान पिपिई सेट, चार हजार थान मास्क, २५ जार स्यानिटाइजर, चस्मालगायतका सामग्री वितरण गरेका थिए । नेकपा माओवादीका अर्का नेता जनार्दन शर्माले आफ्नो गृह जिल्ला पश्चिम रुकुममा एक सय २९ वटा सिलिन्डर वितरण गरेका छन् ।
'स्वास्थ्य सामग्री बाड्न नेतालाई दिदैनौ'
स्वास्थ्य सामग्री वितरण गर्नका लागि नेतादेखि सांसद तथा कुनै पनि संस्थालाई मन्त्रालयकोतर्फबाट स्वास्थ्य सामग्री वितरण नगरीने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । 'नेताहरूले गाउँ-गाउँमा नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी माग गरेमा त्यस्तालाई पनि उपलब्ध गराइदैन,' उनले भने ।
महामारीमा कसैले समाज र राष्ट्रको सेवा गर्न चाहनेलाई अनुमति दिने गौतमको भनाइ छ । राम्रो काम गर्नेलाई मन्त्रालयको तर्फबाट सहयोग हुने उनले बताए । नेताले आफ्नो निजी खर्चमा सहयोग र सेवा गर्छु भनेमा त्यस्तालाई अवरोध नगरिने उनले प्रस्ट पारे । उनीहरूको सहयोगमा कसैको ज्यान बाँच्छ भने त्यो पनि राम्रो काम हो, सहयोग गर्नेको भित्री स्वार्थ जे लुकेको भएपनि त्यसले खासै असर गर्दैन त्यो सहयोग गर्नेले जान्ने कुरा हो,' उनले भने ।
सस्तो राजनीतिमा सस्तो लोकप्रियता
महामारीमा सस्तो राजनीतिमा सस्तो लोकप्रियताका लागि नेताहरूले स्वास्थ्य सामग्री वितरण गर्न थालेको समाजशास्त्री डा. दिनेश प्रसाई बताउँछन् । सरकारी संयन्त्र बलियो नभएको अवस्थामा महामारीको समयमा जनताको भावना जित्न स्वास्थ्य सामग्री वितरण गरेको हुन सक्ने उनको भनाइ छ ।
'गाडीमा स्वास्थ्य सामग्री लोड गर्नेले सरकारमा रहँदा स्वास्थ्य क्षेत्र बलियो बनाएको भए अहिले नेताहरुले महामारी मास्क र प्राणवायु बोकेर जानुपर्दैन थियो,' प्रसाई भन्छन,' यो सब सस्तो लोकप्रियता र मिडिया अटेन्सनका लागि गरिरहेका छन् । अरुबेला गाउँ नदेख्ने महामारीमा हामी छौ भनेर देखाउन खोजेका हुन् ।' नेताहरू सस्तो लोकप्रियताका लागि मास्क र प्राणवायुको नाममा सन्देश पठाएकोमा उनको टिप्पणी छ ।
महामारी नियन्त्रणाका लागि स्वास्थ्य विज्ञसँग सल्लाह गर्न प्रसाईले सुझाव दिए । उनले महामारीमाथि विजय गर्नका लागि सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताए । सबै नागरिक समाज तथा राजनीतिक दल एक हुनुपर्ने उनको भनाइ छ ।

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_oBccalFEbi_dszhcdqgvpa5iwwvebco5ovcqii4rsq6m44qs8vcteqdha05rauffepqmlzp.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया