मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेल्नका लागि नेपाली महिला फुटबल टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गरेको छ ।

नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नेपाल र बंगलादेशबीचको पहिलो खेल असार २८ तथा दोस्रो खेल असार ३१ गते हुनेछ ।

नेपाली टिमः

गोलकिपर– एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर– अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल