आउँदो शुक्रबारदेखि फेरि ‘बिहे पास’

काठमाडौँ - गत वैशाख १ मा प्रदर्शनमा आएको चलचित्र ‘बिहे पास’ फेरि प्रदर्शनमा आउने भएको छ । हलले नयाँ फिल्म प्रदर्शन नभइरहेको अवस्थामा पुनः माग गरेकाले दोहोर्याएर चलाउन लागेको निर्माता तथा वितरक रोहित कट्टेलले जानकारी गराए ।
गत वैशाखमा प्रदर्शन हुँदा यो फिल्म बाँकी दुई फिल्मसाग जुध्न पुगेको थियो । सोही मितिमा ‘जारी’ र ‘बुलाकी’ पनि प्रदर्शन भएका थिए । यसमध्ये ‘बुलाकी’ले पर्याप्त सो नपाएको भन्दै तेस्रो दिन नै हलबाट फिल्म उतार्ने निर्णय गरेको थियो भने ‘जारी’ले ५१ दिन मनाएको थियो ।
‘जारी’ र ‘बिहे पास’ दुवैमा दयाहाङ राई मुख्य भूमिकामा थिए । ‘बिहे पास’ उसबेला ‘जारी’को प्रकोपमा परेको थियो । ‘जारी’ हेर्न दर्शक ओइरिएपछि ‘बिहे पास’ छायाँमा परेको थियो । फिल्ममा दयाहाङसँगै प्रकृति श्रेष्ठले जोडी बाँधेकी थिइन् ।
वितरक कट्टेलले चलचित्र क्युएफएफएक्स चेनसहित ५० देखि ५५ वटा हलमा लाग्ने जानकारी गराएका छन् । उनले चितवनको पर्सामा दोहोर्याएर रिलिज गर्दा दर्शकको उपस्थिति उल्लेख्य रहेकाले पुनः रिलिजका लागि प्रेरित गरेको बताए ।
‘वैशाख १ मा राम्ररी रिलिज हुन पाएको थिएन । त्योबाहेक हलले फेरि रिलिज गर्छौँ भनेकाले दोहोर्याएर रिलिज गर्न लागेका हौँ,’ उनले भने । शुक्रबार नै सरोज खनालको डेब्यू निर्देशकीय चलचित्र ‘बगान’ पनि रिलिज हुँदैछ । योबाहेक दुई अंग्रेजी सिनेमा पनि शुक्रबार नै रिलिज हुँदैछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया