मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने

काठमाडौँ- सरकारले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एअरको हेलिकप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।
त्यस्तै बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो । बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकले वरीयताका आधारमा लक्ष्मीकुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया