ठडियो माछापुच्छ्रेमा सिंहदरबार

पोखरा- सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउन २०७२ को संविधानले तीन तहका सरकारको व्यवस्था गर्यो । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले भाषण छाँट्न थालेको पनि ८ वर्ष बितिसक्यो । सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने अभियान केवल नारामा मात्रै सीमित हुने आशंका चिर्न राजनैतिक दलहरू र जनप्रतिधिहरू लागिपरिरहेका छन् । प्रशासनिक भवन साँघुरो भएर गाउँको सिंहदरबारले केही भाडामा त केही छुट्टाछुट्टै ठाउँबाट सेवा दिइरहेका छन् ।
देशकै ठूलो पोखरा महानगरपालिकाको हालत पनि उस्तै छ । प्रशासनिक भवन र महाशाखा अलगअलग ठाउँमा छन् । पोखरा महानगरसहित ५ पालिका रहेको कास्कीमा गाउँपालिकाहरूले साविकका गाविस भवनलाई आफ्नो कार्यालय बनाएका छन् । यहाँका पाँचै पालिकाहरूमा ७२ वडा छन् । वडा कार्यालय पनि धेरैजसो पुरानै गाउँ विकास समिति (गाविस) का भवनबाट सञ्चालन भइरहेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भने यही अवस्थाबाट माथि उठ्ने प्रयास थालेको छ । यस पालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । वडा ४, लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनीमा ६ करोड ६२ लाख रुपैयाँको लागतमा भवन निर्माणको अन्तिम चरणमा छ । भवनअन्तर्गत त्यहाँ तीन तलामा साना ठूला ३६ कोठा बनाइएको छ भने करिब तीन सय जना अट्ने सेमिनार हलसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट २ करोड ५० लाख, प्रदेश सरकारको ५० लाख र बाँकी गाउँपालिकाले लगानी गरेको छ ।
निर्माण कम्पनी नयाँबाटो जिएस् इन्जिनियरिङ जेभीले लिफ्टसहितको उक्त भवन साढे २ वर्षको अन्तरालमा सक्ने भएको हो । उक्त भवन २०७७ भदौ १५ गते डेढ वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो । तर, विभिन्न कारणले निर्माणमा समय लागेको निर्माण कम्पनीका प्रतिनिधि डम्बर ढकालले जानकारी दिए । सुरुमा जग्गा व्यवस्थापन, त्यसपछि निर्माणमा प्रयोग गरिएको काठको विवाद, त्यसपछि अख्तियारमा समेत उजुरी परेका कारण ढिला भएको उनको भनाई थियो । निर्माणमा अब अन्तिम भुक्तानी लिएर हस्तान्तरण गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि ढकालले बताए ।
चाँडै नै नयाँ भवनबाट जनतालाई सेवा दिने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । ‘चालु वर्षको अन्तिम गाउँसभा नयाँ भवनको सभाहलमै गरौं भन्ने थियो, केही प्राविधिक कारणवश अन्तिममा आएर गर्न मिलेन, अब चाँडै नै पालिका सार्ने तयारी छ,’ उनले भनिन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया