शान्ति सेनाको डफ्फा बदलिँदै

काठमाडौँ : कोभिड-१९ महामारीका बाबजुद पनि राष्ट्रसंघ अन्तरगतका शान्ति स्थापना कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ । राष्ट्रसंघीय नीति अनुरुप नै सेनाले त्यो कार्य गरिरहेको हो । यसरी नेपाली सेना मिसनमा जाने र अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिंदै पनि आएको नेपाली सेनाले जनाएको छ ।
पीसीआर परिक्षण र भौतिक दुरी कायम मात्र होइन अन्य सुरक्षा सतर्कता समेत पालना गराउँदै आउने जाने कार्य भैरहेको छ । शान्ति स्थापनार्थ लिवियामा स्पेशल गार्ड युनिट (शा.से.) तेश्रो डफ्फाका एक सय १३ नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनलीहरूले हाल तैनाथ स्पेशल गार्ड युनिट (शा.से.) दोश्रो डफ्फालाईलाई बदली गर्ने नेपाली सेनाले जनाएको छ । उनीहरु सेनानीको कमाण्डमा त्यसतर्फ जाने गर्छन । त्यहाँ रहेको नेपाली सेनाको टोली शनिबार बिहान काठमडौं ओर्लने छ।
२ सय २८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागि गत कात्तिक तेस्रो साता एक टोली पुग्दै कार्यरतलाई बदली गरेको थियो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया