झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा

काठमाडौँ– झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।
जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ कि.मि.बाटो बनाउन अनुगमन नगरी झुट्ठा बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी २२ बाइस लाख नौ हजार आठ सय तेइस रुपैया र पैसा चालीस बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।
आयोगले दायर झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना विरुद्ध मुद्दा चलाएको हो ।
आरोपीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र सजाय गर्न आयोगले माग गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया