अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा–सुमन’ निर्माणको घोषणा, बन्दिपुरमा वर्कसप

काठमाडौँ- अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो फिल्मको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।
के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिलमको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।
यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ युवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।
फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।
फिल्मको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया