१५ वर्षपछि चिम्पान्जीलाई लिएर ‘पापी मान्छे ३’

काठमाडौँ - ‘पापी मान्छे २’ प्रदर्शन भएको १५ वर्षपछि यसको तेस्रो शृंखला बन्ने भएको छ । यो शृंखलाको निर्देशन निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नेछन् । उनले बुधबार जन्मदिनको अवसर पारेर फिल्मको रफ पोस्टर सार्वजनिक गर्दै फिल्म बन्न लागेको जानकारी दिएका हुन् ।
पोस्टरमा चिम्पान्जीलाई प्राथमिकता दिइएको छ । निर्देशक पराजुलीले ‘पापी मान्छे’का दुवै शृंखलामा जनावरको महत्वपूर्ण भूमिका रहेकाले तेस्रोमा पनि निरन्तरता पाउने बताए । यही अनुरुप चिम्पान्जीलाई महत्वपूर्ण भूमिकामा खेलाउन लागेको उनको भनाइ छ ।
‘यसअघिका दुवै शृंखलामा कुकुर र बाँदरको भूमिका थियो । यसमा चिम्पान्जी हाम्रो महत्वपूर्ण चरित्रको रुपमा रहनेछ,’ उनले भने । जनकले चिम्पान्जी निर्माणका लागि भारत तथा क्यानडाका प्राविधिकसम्म पनि कुरा भइरहेको जानकारी गराए ।
चलचित्रको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ । स्क्रिप्टपछि कलाकार छनौटको काम अघि बढ्ने जनकले बताएका छन् । फिल्मलाई आरसी पिक्चर्सका लागि राजकुमार राईले निर्माण गर्न लागेका हुन् । उनले यसअघि ‘संगम’, ‘त्रिवेणी’, ‘प्रोड्युसर’, ‘वन वे’ आदि फिल्म निर्माण गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया