‘हात्तीछाप’ मा सौगात राजा , के रानी हुन् बेनिशा ?

काठमाडौँ- असारको २४ गतेबाट छायांकन प्रारम्भ भएको फिल्म ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा सौगात मल्लको राजाको स्केचमा देखिन्छन् । राजाको गेटअपमा देखिएका सौगातको लुक्सले फिल्मको कथा महत्वकांक्षाको वरिपरि रहेर बुनिएको अनुमान गर्न सकिन्छ। सौगातले फिल्ममा राजाको भूमिकामा काम गर्दै गर्दा फिल्मको पहिलो दिनमा अर्का नायक दयाहाङ राई ग्यारेजमा भेटिएका थिए ।
निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन् । फिल्मको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणि नेपालले टेक दिएका थिए ।
प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ । सामाजिक कथावस्तुमा बनिरहेको यो फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ । स्रोतका अनुसार चलचित्रमा बेनिशा हमालको चरित्र पनि राजपरिवारको सदस्यबाट प्रभावित रहेको छ । उनले फिल्ममा रानीको भूमिका निर्वाह गर्ने स्रोतको दाबी छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया