संघीय निजामती सेवा ऐन छिट्टै आउँछ : मन्त्री मोदी

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन् । मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए ।
त्यस्तै आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको पोखरा र अमलेखगञ्जमा थप भण्डारगृह निर्माण कार्य सम्पन्न हुने जानकारी दिए । उनले एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माणलाई निरन्तरता दिएको बताए ।
मन्त्री रिजालले जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने कुनै योजना नरहेको र अन्य रुग्न उद्योगहरूको बारेमा अध्ययन सम्पन्न भइसकेको बताए ।
त्यस्तै आफ्नो मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शहरी विकास मन्त्री सीता गुरुङले नयाँ शहर आयोजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको बताइन् । उनले जनता आवास कार्यक्रम प्रदेशमा हस्तान्तरण भइसकेको अवस्थामा आगामी आर्थिक वर्षमा प्रदेश सरकारमार्फत अघि बढाउने गरी निरन्तरता दिइएको जानकारी दिइन् ।
त्यस्तै उनले फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी विशेष योजना बनाइएको पनि धारणा राखिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया