सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

चोरी पैठारीका सामानहरू बरामद

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको इलाका प्रहरी कार्यालय छप्कैया, प्रहरी चौकी ईनर्वाले भन्सार छली गरी ल्याइएका चोरी पैठारीका सामानहरू बरामद गरेको छ ।

बुधबार बरामद गरिएका सामानमा पाँच थान चोलोको थान कपडा, पाँच थान नेटको कपडा, एक थान सुरुवालको कपडा, २० पिस कुर्था सरवाल, २८ पिस गोल्डेन ओक, विभिन्न किसिमका मोबाइल पाटपुर्जा एक झोला, ९६ केजी चिनी, ६२ पिस मो.सा.को ट्युब, ५५ बोतल कस्तूरी रक्सी र तीन थान थानको कपडा गरेर एक लाख एकानब्बे हजार बीस रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराएका छन् । 

उक्त सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए ।