बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीतिविपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए ।
उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यक रूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए ।
प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाए ।
बजेटमाथिको छलफलमा सत्तापक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारू, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का थिए ।
यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिएका थिए ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका प्रदेशसभा सदस्यको नाम वाचन गरेका थिए । प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथिको छलफल जारी छ । रासस

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया