मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

चेल्सीका फरवार्ड पुलिसिक एसी मिलानमा आवद्ध

काठमाडौँ- चेल्सीबाट क्लब फुटबल खेल्दै आएका क्रिस्टियन पुलिसिक इटालियन क्लब एसी मिलानमा आवद्ध भएका छन् ।

अमेरिकी फरवार्ड चेल्सीबाट २० मिलियन पाउण्डमा मिलानमा आवद्ध भएको बीबीसीले जनाएको छ ।

२४ वर्षीय पुलिसिकले सिरी ए क्लबसँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

चेल्सीबाट १४५ खेल खेल्दै पुलिसिकले २६ गोल गरेका थिए । उनले सन् २०२१ मा चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए ।

बोरुसिया डर्टमण्डबाट सन् २०१९ मा ५७.६ मिलियन पाउण्डमा चेल्सी पुगेका पुलिसिक उत्तर अमेरिकाको सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

पुलिसिक मिलानमा चेल्सीका पूर्वसहकर्मी रुबेन लोफ्टस-चीकसँगै खेल्ने भएका छन् । गत सिजनको अन्त्यदेखि चेल्सी छोड्ने पुलिसिक १४ औं खेलाडी हुन् ।