‘एक भगवत् गीता’को टिजर सार्वजनिक

काठमाडौँ - भदौ २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘एक भगवत गीता’को टिजर सार्वजनिक भएको छ । बारम्बार नाम परिवर्तन भएको टिजरमा विपिन कार्की अल्पसंख्यकको चरित्रमा छन् । टिजरभरि उनी नै छाएका छन् ।
टिजरमा धिरज मगरको उपस्थिति भने शून्य छ । उनी दर्शकले ठम्याउन नसक्ने गरी एक दृश्यमा छन् । उनको भागको सुटिङ बाँकी रहेका कारण पनि उनले टिजरमा कम स्थान पाएको आँकलन गर्न सकिन्छ । फिल्मको बाँकी सुटिङ साउनको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।
जनकपुरको परिवेशमा खिचिएको फिल्मको सुरुवाती नाम ‘भागवत गीता’ थियो । हिन्दुवादी संगठनले विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गरी ‘भगवत् गीता’ बनाइएको थियो । टिजर आउँदासम्म फिल्मको अगाडि एक थपिएको छ ।
झरना थापाको निर्देशन रहेको फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाको हो भने पटकथा लेखनमा उनले सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको सहायता लिएकी छिन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया