मेस्सीले गरे इन्स्टाग्राममा पीएसजीलाई ‘अनफलो’

काठमाडौँ- अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।
सन् २०२१ मा पीएसजी गएका मेस्सीले फ्रान्सेली क्लबमा दुई सिजन बिताएका थिए ।
दुई वर्षको सम्झौता सकिएपछि गत सिजनको अन्त्यसँगै उनी अमेरिकन क्लब इन्टर मियामीमा आवद्ध भएका छन् ।
पीएसजीबाट खेल्दा मेस्सीले सबै प्रतियोगितामा गरी ७२ खेलमा ३२ गोल र ३५ असिस्ट गरेका थिए । पीएसजीमा हुँदा नै मेस्सीले फिफा विश्वकप जितेका थिए । अर्जेन्टिनाले फ्रान्सलाई हराएर विश्वकप जितेको थियो ।
तर मेस्सीले छाडेपछि पीएसजीले आफ्नो इन्स्टाग्राममा २० लाख भन्दा बढी फलोअर्स गुमाईसकेको छ । मियामीको भने तीस लाखभन्दा बढी फलोअर्स बढेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया