हलिउडमा लेखकपछि कलाकार पनि हडतालमा, हडतालले भेनिस र टोरन्टो खाली हुने डर

लसएन्जल्स- बिहीबार साँझबाट हलिउडमा कलाकार पनि हडतालमा उत्रिएका छन् । कलाकारहरूको संस्था स्क्रिन एक्टर्स गिल्ड र अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्टले बिहीबारदेखि आफूहरूले राखेका माग अलायन्स अफ मोसन पिक्चर एसोसिएसन एन्ड टेलिभिजन प्रोड्युसर्सले पूरा नगरेको भन्दै हडतालमा उत्रिएको जनाएको छ । पारिश्रमिकमा वृद्धि, पेन्सन, स्वास्थ्यका लागि रकम, अडिसनमा सुरक्षा, एआइको प्रयोग नगर्ने सुनिश्चितता आदि विषय राखेर बुधबारसम्म चलेको छलफल कुनै सहमतिमा नटुंगिएपछि बिहीबारबाटै कलाकारको संस्था हड्तालमा उत्रिएको हो । यही कारण बिहीबार भएको क्रिस्टोफोर नोलान निर्देशित ‘ओपनहेइमर’ प्रिमियरसमेत खल्लो भएको थियो । फिल्मका कलाकार म्याट डेमोन, सिलियन मर्फी,फ्लोरेन्स पु, एमली ब्लन्ट आदि कलाकार रेड कार्पेटमा फोटो मात्र खिचाएर फर्किएका थिए ।
हडतालको घोषणापछि कलाकारलाई फिल्मको प्रिमियर, अवार्ड सोज, सोसल मिडिया प्रमोसन र अन्तर्वार्ता पनि दिन नपाइने बताइएको छ । संगठनले कमिक कन अन्तर्गत हुने नयाँ वा पुराना कामको प्रचार गर्न पनि प्रतिबन्ध लगाएको छ । लेखकहरूको संस्था मे २ देखिनै अलायन्स अफ मोसन पिक्चर एसोसिएसन एन्ड टेलिभिजन प्रोड्युसर्स विरुद्ध आन्दोलनमा छ । लेखकहरूको आन्दोलनले धेरै काम प्रभावित भइरहेको बताए पनि निर्माताहरूको संस्थाले लेखकका माग पूरा गर्न सकेको छैन । यही बीचमा कलाकारहरु पनि थपिएका छन् । योपछि लेखकहरुको संस्था स्क्रिनराइटर्स गिल्डले कलाकारको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएको छ । लेखकहरूले पनि पारिश्रमिक वृद्धि गर्नुपर्ने मागसहित आन्दोलन थालेका थिए ।
कलाकारको आन्दोलनले चाँडै नै हुन लागेका टोरन्टो र भेनिस जस्ता फेस्टिभल पनि प्रभावित हुने आँकलन गरिएको छ । टोरन्टो सेप्टेम्बर ७ देखि सुरु हुँदैछ भने भेनिस अगस्ट ३० देखि सुरु हुनेछ । स्टार कलाकारको भिड रहने फेस्टिभलमा कलाकार नै जान नपाएपछि यी फेस्टिभल सुनसान रहने सक्ने अनुमान सुरु भएको छ । भेनिसको लाइन अप १० दिनपछि सार्वजनिक हुँदैछ । भेनिसमा यो पालि ब्राड्ली कुपर, एडम ड्राइभर, जेन्दया, केरी मुलिगन आदिका फिल्म प्रिमियर हुने चर्चा छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया