‘गोर्खा वारियर’ हेर्न बेलायती गोर्खालीले गरे बस रिजर्भ

काठमाडौँ- गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को वल्र्डवाइड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा हुँदैछ । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरलाई लिएर बेलायतमा रहेका नेपाली उत्साहित छन् । त्यहिँ कारण प्रिमियरमा सहभागी हुन् बेलायतस्थित रेडीङमा रहेका नेपालीले बस नै रिजर्भ गरेका छन् ।
आफ्नो पुर्खाको गौरवतालाई प्रस्तुत गरिएको कथालाई पहिलोपटक पर्दामा हेर्न उत्साहित रेडीङमा रहेका नेपालीले दुईवटा बस रिजर्भ गरेर प्रिमियरमा सहभागी जनाउनेछन् । उनीहरूले सामाजिक सञ्जालमार्फत यसको जानकारीसमेत गराएका छन् । उक्त दुई बसमा एकसय पचास जनाले सहजै यात्रा गर्न सक्नेछन् । बेलायतमा पहिलोपटक हुँदै गरेको प्रिमियरलाई लिएर विभिन्न योजना बनिरहेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।
‘बेलायतमा रहेका नेपालीहरूले आफ्नो अनुकुलता अनुसार फिल्म हेर्ने योजना बनाईरहनुभएको छ । बस नै रिजर्भ गरेर फिल्म हेर्न आउने संवत बेलायतमा पहिलो नै हो । उहाँहरू गोर्खालीको वीरतालाई सेलिब्रेट गर्न चाहनुहुन्छ’, निर्देशक चाम्सले भने । उनले अन्य क्षेत्रबाट समेत प्रिमियरमा सहभागी हुने सन्दर्भमा विभिन्न योजना बनेको जानकारी दिए । यस्तै, सोही प्रिमियरमा धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई समेत सहभागी हुँदैछन् ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त हलमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म प्रिमियर भइसकेको जानकारी दिए । निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए ।
युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया