सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

लोक दोहोरी गीत ‘जुनदिन’ सार्वजनिक

काठमाडौं : लोक दोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको नयाँ गीत ‘जुनदिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द संगम थापाको रहेको छ भने संगीत सुफिक्स मदनले दिएका छन् । त्यस्तै गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतले साथ दिएका छन् । गीतमा अनु पराजुली, परमेश्‍वर दाहालको अभिनय देख्‍न सकिन्छ । 

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका हुन् ।