तिब्बतले नेपाललाई १५० सिलिन्डर अक्सिजन दियो, भोलि राति खासा आइपुग्ने

काठमाडौँ : चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै अक्सिजन शुक्रबार रातिसम्म खासा पुग्ने बताए । उनले भने, 'यसबाट ४० किलो क्षमताका करिब छ हजार सिलिन्डर भर्न सकिने छ ।'
त्यहाँको सरकारले छिटै २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर दिने उनले जानकारी दिएको छ । तिब्बत सरकारले स्थलमार्ग बाट नेपाल जाने कोभिड-१९ सम्बन्धी कार्गो बिना रुकावट नेपाल पठाउने प्रयास गर्ने वचन दिएको उनले बताए । उनले भने, 'यसका लागि तिब्बतको विभिन्न तहमा बैठक तय भभएको छ । महावाणिज्य दूतावास कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ गरी रहेको छ र तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सम्पर्कमा छ ।'
शान शीको एक कम्पनीले ३० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले ल्हासा काठमाडौँ ढुवानी निःशुल्क गरी सहयोग गरेको छ । ती सामान भोलि ल्हासाबाट हिँडाउने ढकालले जानकारी दिएको छ । गुडवील फाउन्डेसन तिब्बत ले आगामी हप्ता ५० अक्सिजन कन्सन्ट्रेटर दिन आवश्यक तयारी गरेको जानकारी गराएको छ ।
निजी क्षेत्रबाट कोभिड सम्बन्धी सामग्री बोकेका २२ गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन् । करिब १५ गाडी समान (अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर आदि) खासा पुगेका छन् । केही समान काठमाडौँ पुग्ने ढकालले जानकारी दिएको छ । एभरेष्ट ग्यासको ४५०० सीलेन्डर (खाली) यो साता तिब्बत पुग्ने जानकारी भएकोले शिघ्र काठमाडौँ पठाउन समन्वय भएको उनले बताए ।

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

प्रतिक्रिया