साउन १ बाट सुर्तीजन्य पदार्थ निषेध गर्दै मकवानपुरका स्थानीय तह

मकवानपुर- आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन साउन १ गतेबाट मकवानपुरका स्थानीय तहहरूले सुर्तीजन्य पदार्थ निषेध गर्ने भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिकाले साउन १ गतेबाट सुर्ती र मदिरा सेवनमा रोक लगाउने तयारी गरेको छ । गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागूऔषधसहित सुर्ती र मदिरा सेवनमा पनि निषेध गर्न लागिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।
‘लागू पदार्थ मुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित र नियन्त्रित लागूपदार्थहरूमा प्रतिबन्ध लगाइएको छ । गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागू पदार्थ, ट्याबलेटको माध्यमबाट प्रयोग गरिने लागू पदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागूपदार्थ पूर्ण रूपमा निषेधित गर्न लागिएको बताइएको छ ।
मदिराजन्य लागू पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगारलगायत निषेध गरिएको विज्ञप्तिमा भनिएको छ ।
१ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, बिक्री वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ । सूचनाको बेवास्ता गरेमा कानुन बमोजिम कारबाही हुने लामिछानेले बताए ।
गाउँपालिकाले बकैया गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकलगायतले सूचनाको बेवास्ता गरी लागू पदार्थको प्रयोग गरेको पाइएमा दोब्बर सजाय हुने सूचनामा उल्लेख छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाले पनि १ गतेबाट सुर्ती र मदिरा निषेध गर्ने तयारी गरेको छ । तर, उपमहानगरपालिकाले भने यसबारे कार्यविधिको अन्तिम रूप दिन नभ्याएको बताइएको छ । यसैगरी जिल्लाको मनहरी, मकवानपुरगढी गाउँपालिकाहरूले पनि १ गतेबाटै सुर्तीजन्य पदार्थ निषेध गर्ने भएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया