सवारी दुर्घटनामा २ को मृत्यु

विराटनगर: मोरङको पथरीमा दुई सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् । पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार राति १२ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा झापा जिल्लाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
उनकाअनुसार पथरीको जयचौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्करपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवहाक सवारीसाधनले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए ।
घाइते झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, सोही ठाउँका ४५ वर्षीया बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षीय रोशन उपे्रतीको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरू बिरामी भेट्नका लागि राति विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया