आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

फाइल फोटो

दार्चुला - नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतक सीताका आफन्त दिपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।

दार्चुलाका ग्रामीण भेगहरुमा घाँस काट्ने क्रममा भीरबाट लडेर वर्षेनि धेरै मानिसहरुको अकालमै ज्यान जाने गरेको छ ।