अभिषेक बच्चन पनि राजनीतिमा, कुन पार्टीबाट उठ्दैछन् चुनाव ?

मुम्बई- बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अभिनयले फ्यानहरुको मन जितेका छन् ।
ब्रीद, धूम ४, हाउसफुल ५, दसविन जस्ता धेरै फिल्म समावेश छन्, जसले उनलाई चर्चाको शिखरमा लगेका थिए ।
अभिषेकसँग अहिले धेरै फिल्म छन् तर अहिले अभिषेकले अभिनयसँगै राजनीतिमा पनि करियर बनाउने योजना बनाएको देखिन्छ ।
रिपोर्टका अनुसार अभिषेक चाँडै नै आफ्ना आमाबुवाको पाइला पछ्याउँदै राजनीतिमा प्रवेश गर्न लागेका छन् । भारत समाचारको रिपोर्ट अनुसार अभिषेक बच्चन चाँडै अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् ।
रिपोर्टका अनुसार अभिषेक सन् २०२४ मा हुने चुनावमा प्रयागराजबाट चुनाव लड्ने छन् । उनले बुबा अभिताभ बच्चन जस्तै प्रयागराजबाट चुनाव लड्नेछन् ।
तर अहिलेसम्म अभिषेक बच्चन र समाजवादी पार्टीले यसबारे कुनै घोषणा गरेका छैनन् ।
बिग बीले अभिनयबाट ब्रेक लिएर केही समय राजनीतिमा प्रवेश गरेका थिए । उनले १९८४ मा लोकसभा चुनाव जिते तर जुलाई १९८७ मा राजीनामा दिए। यसैगरी आमा जया बच्चनले पहिलो पटक सन् २००४–२००६ मा सांसद चुनिएकी थिइन् । त्यसपछि सन् २०१८ मा उनी राज्यसभा सदस्य भइन् ।
अभिषेक बच्चन राजनीतिमा प्रवेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । सन् २०१३ मा दिएको अन्तर्वार्तामा अभिषेकले राजनीतिक करियरको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए– ‘मेरा आमाबुवा राजनीतिमा हुनुहुन्छ तर म आफूलाई राजनीतिमा देख्दिनँ । म पर्दामा नेताको भूमिका निभाउन सक्छु तर वास्तविक जीवनमा होइन ।’
वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिषेक बच्चन पछिल्लो पटक यामी गौतमसँग फिल्म दसविनमा देखिएका थिए। यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो। यस फिल्ममा अभिषेक बच्चनको अभिनयको निकै तारिफ भएको थियो ।

टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परी…
समापिका गौतम: ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्मको यात्रामा अभिन…

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

प्रतिक्रिया