निशा, सुरक्षा र उषाको ‘जुलेबी’ भदौ १ देखि हलमा

काठमाडौँ - सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । लकडाउनका समयमा जोडिएका चार महिला पात्रको कथा भन्ने फिल्मले भदौ १ लाई प्रदर्शन मिति छनौट गरेको हो ।
निर्माण टिम र वितरण कम्पनी डिसीएनबीच आइतबार प्रदर्शनको सम्झौता भएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्री गरिएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको थियो ।
चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्रले तीन घन्टाको समयावधिमा घट्ने तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । उनले यी कथा प्रेमको वरिपरि रहेर बुनिएको भट्टले जानकारी गराए ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले ‘मञ्जरी’, ‘गाजा बाजा’ फिल्मको निर्देशन गरेका थिए । चलचित्रमा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया